स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने
सोमबार, २३ फागुन २०७८, १९ : ५०
आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका हुन् । आयोगले सोही अनुसार तयारी गरिरहेको उनको भनाई छ ।
यतिबेला मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको बताउँदै १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरुमा पठाइएको बताए । मृत्यु भएका, बसाई सराई गरेर अन्यत्र गएकाहरूको बारेमा उजुरी प¥यो भने ति नाम मतदाता नामावलीबाट हटाइने सहप्रवक्ता अर्यालले जानकारी दिए ।
आयोगले चैतको सातादेखि निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरेको छ । हाल निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री खरिद प्रक्रिया चलिरहेको आयोगको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण