कमिसन जोगाउन होडमा पेट्रोल पम्प व्यवसायी, पेट्रोलियम पदार्थको बिक्री ठप्प पार्ने चेतावनी
पेट्रोलियम पदार्थको बिक्री बापत आफूहरूले प्रतिशतका आधारमा पाउँदै आएको कमिसन जोगाउन पेट्रोलियम व्यवसायी देशव्यापी आन्दोलनमा उत्रिने भएका छन् । निगमको बोर्ड बैठकले घाटा न्यूनिकरण गर्ने लक्ष्यसहित प्रतिशतका आधारमा पेट्रोल पम्ले पाउने कमिसन रोक्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि पम्प व्यवसायीले नयाँ मूल्यसूचीअनुसार प्रतिशतका आधारमा बढ्ने १४ पैसा कमिसन रोकिने भएपछि आन्दोलनको घोषणा गरेका हुन् । निगमले फागुन ६ गतेको निर्णयअनुसार नै प्रतिलिटर पेट्रोल बिक्री बापत पम्प व्यवसायीलाई ५.७१ रुपैयाँ कमिसन मात्रै दिने निर्णय गरेको थियो ।
तर, निगमको उक्त निर्णयसँगै पम्प व्यवसायीहरू रुष्ट बनेका छन् र आफूहरूले पाउने कमिसन तत्काल दिन सुरू गर्नुपर्ने माग राखेका छन् । सरकारलाई आफूले पाउने कमिसन दिन दबाब सृजना गर्न चैत ५ गतेदेखि १५ गतेसम्म चरणबद्ध आन्दोलन घोषणा समेत गरेका छन् ।
यस्तै, चैत २० गतेसम्मका आन्दोलनका कार्यक्रमबाट आफूहरूको माग सम्बोधन नभए देशव्यापीरूपमा पेट्रोल, डिजेल र एलपी ग्यासको बिक्री ठप्प पार्ने समेत उनीहरूले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण