शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कमिसन जोगाउन होडमा पेट्रोल पम्प व्यवसायी, पेट्रोलियम पदार्थको बिक्री ठप्प पार्ने चेतावनी

सोमबार, २३ फागुन २०७८, १८ : ३९
सोमबार, २३ फागुन २०७८

पेट्रोलियम पदार्थको बिक्री बापत आफूहरूले प्रतिशतका आधारमा पाउँदै आएको कमिसन जोगाउन पेट्रोलियम व्यवसायी देशव्यापी आन्दोलनमा उत्रिने भएका छन् । निगमको बोर्ड बैठकले घाटा न्यूनिकरण गर्ने लक्ष्यसहित प्रतिशतका आधारमा पेट्रोल पम्ले पाउने कमिसन रोक्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि पम्प व्यवसायीले नयाँ मूल्यसूचीअनुसार प्रतिशतका आधारमा बढ्ने १४ पैसा कमिसन रोकिने भएपछि आन्दोलनको घोषणा गरेका हुन् । निगमले फागुन ६ गतेको निर्णयअनुसार नै प्रतिलिटर पेट्रोल बिक्री बापत पम्प व्यवसायीलाई ५.७१ रुपैयाँ कमिसन मात्रै दिने निर्णय गरेको थियो ।

तर, निगमको उक्त निर्णयसँगै पम्प व्यवसायीहरू रुष्ट बनेका छन् र आफूहरूले पाउने कमिसन तत्काल दिन सुरू गर्नुपर्ने माग राखेका छन् । सरकारलाई आफूले पाउने कमिसन दिन दबाब सृजना गर्न चैत ५ गतेदेखि १५ गतेसम्म चरणबद्ध आन्दोलन घोषणा समेत गरेका छन् ।

यस्तै, चैत २० गतेसम्मका आन्दोलनका कार्यक्रमबाट आफूहरूको माग सम्बोधन नभए देशव्यापीरूपमा पेट्रोल, डिजेल र एलपी ग्यासको बिक्री ठप्प पार्ने समेत उनीहरूले चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप