मोरङ व्यापार संघले मेला लगाउने, ४५ करोडको कारोबार हुने अपेक्षा
मोरङ व्यापार संघले आउँदो चैत १८ गतेदेखि २६ गतेसम्म अन्तराष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । व्यापार संघले आज पत्रकार सम्मेलन गरी उक्त मेलाबारे जानकारी दिएको हो । कोरोना महामारीको लामो प्रभावपछि पूर्वी नेपालमा सबैभन्दा ठूलो प्रदर्शनी र सम्मेलनको रुपमा मेला संचालन हुन लागेको व्यापार संघले जनाएको छ ।
मेलालाई ‘मोरङ व्यापार संघ टे«ड एक्स्पो’को नाम दिइएको छ । संघका अध्यक्ष नविन रिजालका अनुसार मेला नयाँ र विद्यमान उत्पादन सेवाहरु प्रदर्शन गर्न, स्वदेशी उत्पादनहरु प्रदर्शन गर्न, विक्री गर्न र व्यापार तथा लगानीको सम्भावनाबारे छलफल गर्ने उत्कृष्ट थलो हुनेछ । ‘मेलामा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु समेटिनुका साथै अन्तराष्ट्रिय ख्याति प्राप्त सम्पदाका नमुनाहरू (लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदि) मुख्य आकर्षणहरूको प्रदर्शनी गरिनुका साथै नेपालको मेला इतिहासमै पहिलो पटक जिप लाइन, रिभर्स बन्जी, जिप साइकलिङ लगायतका साहसिक खेलकुदको अनुभव प्रदान गरिने छ,’ व्यापार संघका उपाध्यक्ष तथा मेला आयोजक समितिका संयोजक विकास कुमार बेगवानीले भने ।
उनका अनुसार मेलामा एसीसहितको ८० वटा स्टल, कुलरसहितका ६० स्टल, साधारण १०६ वटा, अटोस्टल २५ वटा तथा खाद्यान्न स्टल १० वटा हुनेछ । आयोजकले एसी स्टल राख्नेलाई ६० हजार, कुलर स्टललाई ४० हजार, साधारण स्टललाई ३० हजार, अटो स्टललाई ७० हजार र खाद्यान्न स्टललाई ६० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । मेलामा ४ लाख बढीले अवलोकन गर्ने र ४५ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । मेलालाई रमपम चाउचाउले मुख्य प्रायोजन गरेको छ भने सेन्चुरी मसलाले सहायक दोस्रो तथा तेस्रो प्रायोजकको रुपमा रिजालको तथा बाबा गुड हेल्थले गरेको छ ।
कोरोनाकाल भन्दा अगाडि ३ वर्षअघि भएको मेलामा १८ देखि २० करोड बराबरको कारोबार भएको र २ देखि अढाइलाख मानिसले अवलोकन गरेको अनुमान थियो । मेलामा प्रवेशका लागि सर्वसाधारणका लागि १ सय रुपैयाँको टिकट राखिएको आयोजकको भनाइ छ । व्यापार संघले यसअघि कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट टे«ड एक्स्पो २०७५ लगायत मेला लगाएको थियो । मेलाले प्रदेश १ को पर्यटन क्षेत्रको विकासका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडाले बताए । उनले सरकारले प्रदर्शनस्थल बनाइदिएका कारण आफूहरुले अस्थायी संरचना बनाएर मेला लाउनु परेको र धेरै खर्च हुने गरेको गुनासो पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण