शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रति संसदीय समितिको चासो

मङ्गलबार, २४ फागुन २०७८, १९ : ०४
मङ्गलबार, २४ फागुन २०७८

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेपछि संसदीय समितिले चासो देखाएको छ । संघीय संसद्अन्तर्गतको उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी चासो देखाएको हो ।

यही क्रममा समितिले अर्थमन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालय र नेपाल आयल निगमसँग यस विषयमा जानकारी समेत लिएको छ । यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, यसमा सरकारले लिने कर तथा बिक्री बापतको घाटा सम्बन्धी जानकारी लिन समितिले छलफल नै गर्ने भएको छ ।

समितिले बुधबार यस विषयमा छलफल गर्ने भएको छ । छलफलमा अर्थ, उद्योग तथा वाणिज्य मन्त्रालय र निगमलाई बोलाइएको समितिले जानकारी दिएको छ । पेट्रोलियम पदार्थमा लिँदै आएको उच्च कर घटाउने विषयमा छलफल गर्न लागिएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा नेपालमा पेट्रोलको बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर र डिजेलको बिक्री मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप