पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रति संसदीय समितिको चासो
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेपछि संसदीय समितिले चासो देखाएको छ । संघीय संसद्अन्तर्गतको उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी चासो देखाएको हो ।
यही क्रममा समितिले अर्थमन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालय र नेपाल आयल निगमसँग यस विषयमा जानकारी समेत लिएको छ । यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, यसमा सरकारले लिने कर तथा बिक्री बापतको घाटा सम्बन्धी जानकारी लिन समितिले छलफल नै गर्ने भएको छ ।
समितिले बुधबार यस विषयमा छलफल गर्ने भएको छ । छलफलमा अर्थ, उद्योग तथा वाणिज्य मन्त्रालय र निगमलाई बोलाइएको समितिले जानकारी दिएको छ । पेट्रोलियम पदार्थमा लिँदै आएको उच्च कर घटाउने विषयमा छलफल गर्न लागिएको हो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा नेपालमा पेट्रोलको बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर र डिजेलको बिक्री मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण