बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको तयारीमा सृष्टि र सौगात

मङ्गलबार, २४ फागुन २०७८, १९ : १०
मङ्गलबार, २४ फागुन २०७८

अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्ल विवाह बन्धनमा बाँधिने भएका छन् । हालै एक अन्तर्वार्तामा सृष्टिले नयाँ वर्ष २०७९ मा विवाह गर्ने तयारी रहेको बताएकी थिइन् ।

मंगलबार आयोजित एक कार्यक्रममा अभिनेता सौगातले पनि सृष्टिको कुरामा सहमति जनाए । कोरोना महामारीका कारण विवाहमा ढिलाई भएको बताएका सौगातले अहिले विवाहको तयारी भइरहेको बताए ।
‘सृष्टिले ‘विवाहको तयारीमा छौं । भनेको कुरा सत्य हो । हामी २ वर्षदेखि नै विवाहको तयारीमा थियौं’ सौगातले भने ‘कहिले के नमिल्ने त कहिले के नमिल्ने भएर ढिलाई भएको हो ।’ परिवारबाट विवाहको स्वीकृति भइसकेको समेत सौगातले सुनाए ।
 
सृष्टि र सौगात केही वर्षदेखि प्रेममा छन् । प्रेमकै कारण पछिल्लो समय उनीहरु एकसाथ रहदै आएका छन् । देशमा कोरोना महामारीको चपेटा नपरेको हुन्थ्यो भने उनीहरुले विवाह गरिसक्थे । विवाहका लागि सृष्टिको बुबाआमासँग अनुमति लिन सौगात युकेसम्म पुगेका थिए ।

सौगात पछिल्लो समय फिल्म ‘लाखे’ अभिनयरत छन् । उनी अभिनिनित ‘कबड्डी ४’, ‘मन्त्र’ लगायत केही फिल्म प्रदर्शनको तयारी छन् ।

सृष्टि सामाजिक कार्यमा बढी ब्यस्त छिन् । उनी अभिनित फिल्म ‘चिसो एष्ट्रे’ आउदो चैत्रबाट प्रदर्शनमा आउँदैछ । प्रेम सम्बन्धमा गाँसिएपछि सौगात र सृष्टिले एकसाथ धेरै फिल्म पनि गरेका छन् । ति मध्य ‘मासु भात’, ‘माइकल अधिकारी’ लगायतका फिल्म प्रदर्शनमा आउन बाँकी छ । केही बर्ष मिडियामा प्रेम लुकाएका सृष्टि र सौगात त्यसपछि लगातार प्रेमसम्बन्धको बारेमा खुल्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप