नाइजेरियामा ५७ लडाकू मारिए
नाइजेरियामा शसस्त्र समूहको आक्रमणमा परी प्रतिकार समूहका ५७ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका सदस्यलाई बन्दुकधारीहरुले हत्या गरेका हुन् ।
देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जुरू जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय सुरक्षा श्रोत र स्थानीय बासिन्दाले जानकारी दिएका छन् । घटना सोमबार भएपनि प्रहरीले मङ्गलबार मात्रै घटनाका बारेमा जानकारी दिएको हो । प्रहरीले घटनास्थलबाट ५७ जनाको शव निकालिएको बताएपनि स्थानीयले भने ६२ जनाको मृत्यु भएको दावी गरेका छन् ।
नाइजेरियामा शसस्त्र लुटेराहरूले स्थानीय बासिन्दालाई कुटपिट गर्ने, हत्या गर्ने र लुटपाट गर्ने गरेकाले प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूहको व्यवस्था गरिएको छ । प्रतिकार समूहका सदस्य र लुटेराहरूको समूहबीचमा बेला बेलामा झडप हुने र मानवीय क्षति हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण