नाइजेरियामा ५७ लडाकू मारिए

नाइजेरियामा शसस्त्र समूहको आक्रमणमा परी प्रतिकार समूहका ५७ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका सदस्यलाई बन्दुकधारीहरुले हत्या गरेका हुन् ।
देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जुरू जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय सुरक्षा श्रोत र स्थानीय बासिन्दाले जानकारी दिएका छन् । घटना सोमबार भएपनि प्रहरीले मङ्गलबार मात्रै घटनाका बारेमा जानकारी दिएको हो । प्रहरीले घटनास्थलबाट ५७ जनाको शव निकालिएको बताएपनि स्थानीयले भने ६२ जनाको मृत्यु भएको दावी गरेका छन् ।
नाइजेरियामा शसस्त्र लुटेराहरूले स्थानीय बासिन्दालाई कुटपिट गर्ने, हत्या गर्ने र लुटपाट गर्ने गरेकाले प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूहको व्यवस्था गरिएको छ । प्रतिकार समूहका सदस्य र लुटेराहरूको समूहबीचमा बेला बेलामा झडप हुने र मानवीय क्षति हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीले ६ महिनासम्म किसानलाई दूधको पैसा दिएन : सांसद सापकोटा
-
धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ
-
‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग
-
करणको दोस्ताना–२ बाट निकालिए कार्तिक
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी