अझै खुलेन चीनसँगको नाका
नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन ।
नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले कुनै चासो देखाएको छैन । कोरोना महामारी नियन्त्रण गर्ने वहानामा ती नाका हुँदै नेपाली वस्तुको प्रवेशमा चीनले रोक लगाएको हो । प्रमुख दुई व्यापारिक नाका खुलाउने मुद्दामा नेपाल कति निरीह बनेको छ भन्ने कुरा सोमबार परराष्ट्रमन्त्री डा. नारायण खड्काको दिएको अभिव्यक्तिले स्पष्ट देखाउँछ । ‘चीनसँग नाका खुलाउने विषयमा धेरै पहल गरेका छौं । चीनका परराष्ट्रमन्त्रीसँग पनि माग गरेका थियौं । कोभिडकै कारण नाका बन्द भएको हो,’ परराष्ट्रमन्त्री खड्को भनाई थियो, ‘आर्थिक रुपमा अप्ठेरो भएको छ । हाम्रो निर्यात लगभग ठप्प जस्तै छ । कोरोना कम हुँदै जाँदा यो समाधान होला ।’ आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण