कर्णाली प्रदेश : अध्यादेशबाट ल्याएको बजेट पास (पूर्ण पाठसहित)
कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । झण्डै आठ महिनापछि मंगलबार विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसद्‍बाट उक्त बजेट बहुमतले पास भएको हो ।
तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसद्‍मा प्रस्तुत गरेका थिए । असार १ गते प्रदेश सभामा पेस गरेको बजेट एमालेको अवरोधका कारण संसद्‍बाट पारित हुन नसकेपछि बजेट अध्यादेशबाट ल्याइएको थियो ।
सदन चलेको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन नगरे स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको नवौँ अधिवेशन सुचारु भएको फागुन २८ गते ६० दिन पुग्नु अगावै दलहरूले सर्वसम्मतले प्रतिस्थापन विधेयक पारित गरेका हुन् ।
अब भने चालू आर्थिक वर्षको बजेट नियमित प्रक्रियाको सो सरह मान्य भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ । यस्तो छ बजेटको पूर्ण पाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण