शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आगलागीबाट घरभित्र सुतिरहेका एक जनाको मृत्यु

बुधबार, २५ फागुन २०७८, ११ : २९
बुधबार, २५ फागुन २०७८

बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरैनीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय दिनेश चौधरी छन् । मंगलबार राति १०ः१० मा सानु चौधरीको टिनले छाएको घरमा आगलागी हुँदा घर भित्र सुतिरहेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

आगलागी भएको समयमा १४ वर्षीय चौधरी घरमा एक्लै सुतिरहेका र आगलागी भएको थाहा नभएकाले उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । प्रहरी चौकी कतर्नियाघाट र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले टोलीले १० ः ५५ मा आगो नियन्त्रणमा लिएको थियो । चौधरीको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको डिएसपी शाहीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप