काँग्रेस बलियो बनाउन तरुण दल बलियो बनाउनुपर्छ : प्रदीप पौडल
बुधबार, २५ फागुन २०७८, १६ : ४५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल काँग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् । नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, काँग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा नेता पौडेलले तरुण दलले भोलिको देश चलाउने बताएका हुन् ।
उनले सुसंस्कृत तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन काँग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए । पौडेलले भने, विधि पद्धतिभित्र बसेर औपचारिक बहसमा उभिन तरुण दलको आवश्यकता छ । काँग्रेसलाई बलियो बनाउने हो भने उसको सम्पूर्ण अंग बलियो बन्नु पर्छ । उनले काँग्रेसलाई बलियो बनाउनका पार्टीको मेरुदण्ड मानिएको तरुण दललाई पनि अझै बलियो बनाउनुपर्ने औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
-
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
-
प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
-
टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा