काँग्रेस बलियो बनाउन तरुण दल बलियो बनाउनुपर्छ : प्रदीप पौडल
बुधबार, २५ फागुन २०७८, १६ : ४५
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल काँग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् । नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, काँग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा नेता पौडेलले तरुण दलले भोलिको देश चलाउने बताएका हुन् ।
उनले सुसंस्कृत तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन काँग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए । पौडेलले भने, विधि पद्धतिभित्र बसेर औपचारिक बहसमा उभिन तरुण दलको आवश्यकता छ । काँग्रेसलाई बलियो बनाउने हो भने उसको सम्पूर्ण अंग बलियो बन्नु पर्छ । उनले काँग्रेसलाई बलियो बनाउनका पार्टीको मेरुदण्ड मानिएको तरुण दललाई पनि अझै बलियो बनाउनुपर्ने औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण