उखुबारी हत्याकाण्डका चार जना अभियुक्त पुर्पक्षका लागि जेल चलान
जिल्ला अदालत मोरङले मोरङस्थित धनपालथान गाउँपालिका–७ उखुबारी हत्याकाण्डका चार जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।
तीन जना साझेदारको हत्या प्रकरणका मुख्य अभियुक्त सिरहा नगरपालिका घर भइ काठमाडौं, बल्खु बस्ने ३१ वर्षीय अनिल कुमार मण्डलसहित चार जना जेल चलान भएका हुन् । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले उनीहरुलाई जेल चलान गरेको हो ।
जेल चलान हुनेमा मण्डलसहित जहदा–४ का २९ वर्षीय अमित भन्ने दिनानाथ सोनार, धनपालथान गाउँपालिका–७ का ६३ वर्षीय नासिर मियाँ, रंगेली–३ का ३५ वर्षीय सोहान मिया भन्ने मोहमद सुभान मन्सुरी छन् । उनीहरुलाई मोरङ कारागार लगिएको छ ।
शृङ्खलाबद्ध हत्याको घटनामा एक जना अभियुक्त नाबालिग रहेकाले उनलाई भने अदालतले बाल सुधार गृहमा राख्न आदेश दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पक्राउ परेका पाँच र फरार १ जनासहित ६ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरेको थियो ।
ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएबापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन घटनाको मुख्य योजनाकार मण्डलले भाडाका गुण्डा प्रयोग गरी फरकफरक मितिमा तीन जना साझेदार साथीको हत्या गरेको प्रहरीको दाबी छ ।
मण्डलको योजनामा एउटै शैलीमा तेह्रथुम संक्रान्ति–२ घर भइ काठमाडौं बस्दै आएका ६३ वर्षीय मोहन लिम्बू, सुनसरीको धरान घर भइ भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भइ काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरीको हत्या भएको प्रहरीको निष्कर्ष छ ।
हत्या गरिएकामध्ये श्रेष्ठ र चौधरीको शव धनपालथान गाउँपालिका–७ को उखुबारीमा गाडिएको अवस्थामा फेला परेको थियो भने लिम्बूको शव ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्डमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण