हुण्डाईको ‘बेस्ट बाइ’ योजना, ग्राहकलाई नगद छुट र विभिन्न सुविधा
बुधबार, २५ फागुन २०७८, २१ : ४७
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ । नेपालभर लागू हुने यो योजनामार्फत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरू प्राप्त हुने सो प्रालिले जानकारी दिएको छ ।
योजनामार्फत ग्राहकले ५० हजार रुपैयाँसम्म बेस्ट बाइबोनस, एक वर्षको निःशुल्क बृहत्‌ बीमा तथा सडक कर, ३० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, ४ लाख रुपैयाँसम्म नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्ने हुण्डाई विक्रेताको दाबी छ । साथै, हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको पनि कम्पनीले जानकारी दिएको छ।
नयाँ ‘बेस्ट बाइ’ योजना २०७८ चैत्र १९ सम्म लागू हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण