आगो निभाउन भरपर्दाे विकल्प बन्दै हेलिकाेप्टर
पहिले पहिले आगोलाग्दा दमकल वा मानिसले मात्र निभाउनुको विकल्प थिएन । जंगलमा आगो लाग्दा दमकल पुग्न बाटो हुँदैन । सहरमा पनि साँघुरा गल्लीका कारण कतिपय ठाउँमा दमकल पुग्न सक्दैनन् । तर, अहिले आगो निभाउन हेलिकोप्‍टरको प्रयोग हुन थालेको छ ।
आइतबार दमौलीको सहरी क्षेत्रमा आगो लाग्यो । पाँच वटा दमकल र सुरक्षाकर्मी स्थानीय परिचालित हुँदा पनि आगो निभेन । काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्‍टरले आगो निभायो । यस्तै पछिल्लो समय सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाको लुक्कास्थित जंगलमा लागेको आगो हेलिकोप्‍टरको सहयोगमा निभाइएको थियो ।
लुक्लाको जंगलको आगो भीरमा प्रवेश गरेका कारण हेलिकोप्‍टरलाई आगो निभाउन केही समस्या परे पनि सिपालु क्याप्‍टेन सजिलै आगो निभाउन सफल भएका थिए । हेलिकोप्‍टरबाट आगो निभाउन त्यति सजिलो छैन । यसका लागि तालिम प्राप्त पाइलटको आवश्यकता पर्छ ।
अहिले नेपालमा आगो निभाउन आवश्यक तालिम प्राप्त जनशक्ति र उपकरणसहित सिम्रिक एयरका दुई वटा मात्र हेलिकोप्‍टर रहेको सो एयरका मार्केटिङ प्रमुख योगेश सापकोटाले बताउनुभयो । यो टोलीले ताप्लेजुङ्गको पाथिभारा, काठमाडौँको शिवपुरी वन, बालाजुको बिस्कुट फ्याक्ट्री, सोलुखुम्बु, दमौली, र लुक्लाका दुई स्थान गरेर सात ठाउँमा अग्नि नियन्त्रणको काम गरिसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण