बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंका पुलिसविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै

बिहीबार, २६ फागुन २०७८, १२ : ०३
बिहीबार, २६ फागुन २०७८

अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) तेस्रो खेलमा श्रीलंका पुलिसको सामना गर्दैछ । अघिल्ला दुई खेलमा श्रीलंका नेभीविरुद्ध जित निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान सन्दीप लामिछानेको टोली लगातार तेस्रो खेल समेत जित्ने योजनामा छ । 

यसअघि नेपालले पहिलो खेलमा नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जित निकालेको थियो ।  अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप