मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा एक महिला मृत फेला

बिहीबार, २६ फागुन २०७८, १४ : ४२
बिहीबार, २६ फागुन २०७८

झापामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको मेचीनगर नगरपालिका ५ पिपलडाँडा चोक बस्ने ६८ वर्षीय अम्बिका कुँवर मृत फेला परेकी हुन् । मृतक कुँवरको शव घर नजिकै रहेको बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले अम्बिकाको हत्या भएको हुनसक्ने आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको र अनुसन्धानकै क्रममा मेचीनगर नगरपालिका ५ बस्ने २७ वर्षीय रणबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि स्वास्थ्य विधि विज्ञान प्रयोगशाला धरान पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप