धरानमा सुपर ८ लिग फागुन २८ देखि, विजेताले २ लाख पाउने
धरान उपमहानगरपालिकाको आयोजना सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता हुने भएको छ । बिहीबार धरान भेट्रान फुटबल क्लबले उपमहानगरपालिकामा सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता यही फागुन २८ गतेदेखि चैत्र १२ गतेसम्म हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । भेट्रान फुटबल क्लबका सचिव सतिश केसीका अनुसार प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइनेछ । २२ औं संस्करणको अन्तर वडा स्तरीय गोधुली रनिङ कप फुटबल प्रतियोगितामा उत्कृष्ट सुपर ८ भित्र पर्ने धरानका वडारुले सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउने उनले बताए । उनका अनुसार सुपर ८ लिग फुटबल प्रतियोगितामा वडा नं. ८, ११, १३, १४, १५, १६, १८ र १९ ले भाग लिनेछन् ।
धरान भेट्रान फुटबल क्लबका अध्यक्ष रोमी मोक्तानले प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने उनले बताए । यस्तै, प्रतियोगिताको बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट फरवार्ड र बेस्ट प्रशिक्षकले नगद ५÷५ हजार रुपैयाँ दिइने उनले जानकारी दिए । साथै, उनले प्लेयर अफ दी टुर्नामेन्टले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण