के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ?
अभिनेता राजेश हमालको मेयर चाहना यतिबेला चर्चाको बिषय बनेको छ । राजेशले बिहीबार आफ्नो अफिसियल युट्युव पेज सार्वजनिक गर्दै एक भिडियो अपलोड गरेका थिए । जसमा उनले काठमाडौं शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान नदिएको भन्दै आफ्नो मेयर चाहना राखेका थिए ।
उनको उक्त भिडियोपछि सर्वसाधारणमा यस बिषयले चर्चा पाउन थालेको छ । के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ? उनी राजनीतिमा के आउँथे, उनी राजनीतिमा आउनुपर्छ भन्ने जस्ता बहस अहिले सर्वसाधारणले गरिरहेका छन् ।
यतिसम्मकी बजारमा राजेश नेकपा एमालेमा प्रवेश गर्ने समेत चर्चा चल्न थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेको समय पनि राजेश चलचित्र विकास बोर्ड अध्यक्ष बन्ने हल्ला चलेको थियो । उक्त समय ओली र हमालको पटक–पटक भेट पनि भएको थियो ।
हुन त अभिनेता हमालले पनि राजनीतिमा आउने संकेत बेला बेलामा गर्दै आएका छन् । उनले अहिले दिएको काठमाडौंको मेयर नै बन्ने इच्छा पनि उक्त संकेत मान्न सकिन्छ । यस्तै बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा अतिथिका रुपमा पुगेका हमाललाई प्रश्न राखिएको थियो ‘तपाईं मेयर बन्ने चर्चा चलिरहेको छ, वास्तविकता के हो ?’ ।
‘कागको पछाडि नदौडिनुहोस्, कान छाम्नुहोस् । त्यो हल्ला मात्रै हो, अरु केही होइन ’ हमालले हाँसेर जवाफ दिदै बिषय यतिकै टुङ्ग्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण