बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ?

शुक्रबार, २७ फागुन २०७८, १५ : ०१
शुक्रबार, २७ फागुन २०७८

अभिनेता राजेश हमालको मेयर चाहना यतिबेला चर्चाको बिषय बनेको छ । राजेशले बिहीबार आफ्नो अफिसियल युट्युव पेज सार्वजनिक गर्दै एक भिडियो अपलोड गरेका थिए । जसमा उनले काठमाडौं शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान नदिएको  भन्दै आफ्नो मेयर चाहना राखेका  थिए ।

उनको उक्त भिडियोपछि सर्वसाधारणमा यस बिषयले चर्चा पाउन थालेको छ । के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ? उनी राजनीतिमा के आउँथे, उनी राजनीतिमा आउनुपर्छ भन्ने जस्ता बहस अहिले सर्वसाधारणले गरिरहेका छन् ।

यतिसम्मकी बजारमा राजेश नेकपा एमालेमा प्रवेश गर्ने समेत चर्चा चल्न थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेको समय पनि राजेश चलचित्र विकास बोर्ड अध्यक्ष बन्ने हल्ला चलेको थियो । उक्त समय ओली र हमालको पटक–पटक भेट पनि भएको थियो । 

हुन त अभिनेता हमालले पनि राजनीतिमा आउने संकेत बेला बेलामा गर्दै आएका छन् । उनले अहिले दिएको काठमाडौंको मेयर नै बन्ने इच्छा पनि उक्त संकेत मान्न सकिन्छ । यस्तै बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा अतिथिका रुपमा पुगेका हमाललाई प्रश्न राखिएको थियो ‘तपाईं मेयर बन्ने चर्चा चलिरहेको छ, वास्तविकता के हो ?’ ।

‘कागको पछाडि नदौडिनुहोस्, कान छाम्नुहोस् । त्यो हल्ला मात्रै हो, अरु केही होइन ’ हमालले हाँसेर जवाफ दिदै बिषय यतिकै टुङ्ग्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप