जुम्लावासीको घर फर्कने क्रम सुरु
हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै जिल्ला फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको भारतको उत्तरखण्डको चमेली हुँदै घर फर्किएका तिला गाउँपालिका–१का हिमाल रावतले जानकारी दिए ।
गाउँमा रोजगारीका अवसर नभएपछि कामका लागि यहाँका बासिन्दा भारतसम्म पुग्ने गर्दछन् । दसैँलगत्तै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन् । “घरमै बसौँ रोजगारीका अवसर छैनन् । बेरोजगार भएर परिवार टुलुटुलु हेरेर बस्न सकिने अवस्था हुँदैन।” स्थानीयवासी विर्षबहादुर बुढाले भने, “कालापहाड रहर होइन, बाध्यता हो । हिउँदको सुक्खा याममा खेतीपातीका लागि कुनै काम हुँदैन । बालीनाली लगाउन फागुन महिनासम्म फर्किनुपर्छ । घर फर्कदा सीमानाकामा निकै सास्ती खेप्नुपरेको छ ।” जिल्लाका आठवटै स्थानीय तहका युवा जनशक्ति कालापहाड जाने गरेका छन् । गाउँमा रोजगारीको कुनै अवसर छैन । कालापहाड जानुको विकल्प पनि छैन ।
कर्णालीका सबैजसो जिल्लाबाट मजदुरीका लागि कालापहाड जाने भएकाले भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिने गरेका छन् । प्रदेश सरकारले कर्णालीका जनताका लागि प्रदेशमै रोजगारी सिर्जना गर्नेमा कुनै चासो नदेखाएको नागरिक समाजका अगुवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण