जसपाको बैठक जारी, केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने
जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक जारी छ । शनिबार बस्ने संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि जसपाको बैठक बसेको हो । यही फागुन १४ गतेदेखि बसेको कार्यकारिणी समितिको बैठकले तय गरेको एजेन्डामाथि छलफल सुरु भएको छ ।
तर बैठकमा नेताहरुको बीचमा कुरा नमिल्दा सहमतिका लागि अध्यक्ष उपेन्द्र यादव, परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी थियो । तीन नेताको बीचमा सहमति जुटेपछि आज कार्यकारिणी समितिको बैठक बसेको हो । बैठकले परिषद् तथा केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्नेछ ।
पार्टी समायोजन, कार्यविभाजन, कार्यकारिणी समिति विस्तार, पदाधिकारी चयन, कार्यकारिणी अध्यक्षलगायतका विषयमा अध्यक्ष यादव र परिषद्का अध्यक्ष भट्टराईबीच आन्तरिक विवाद रहेको छ । दुई नेताबीच कुरा नमिल्दा कार्यकारिणी समितिको बैठक प्रभावित हुँदै आएको थियो । यिनै विषयहरु परिषद् र केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण