आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको बैठक जारी, केन्द्रीय समिति बैठकका  एजेन्डा तय गर्ने

शुक्रबार, २७ फागुन २०७८, १६ : ५०
शुक्रबार, २७ फागुन २०७८

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक जारी छ । शनिबार बस्ने संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि जसपाको बैठक बसेको हो । यही फागुन १४ गतेदेखि बसेको कार्यकारिणी समितिको बैठकले तय गरेको एजेन्डामाथि छलफल सुरु भएको छ ।

तर बैठकमा नेताहरुको बीचमा कुरा नमिल्दा सहमतिका लागि अध्यक्ष उपेन्द्र यादव, परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी थियो । तीन नेताको बीचमा सहमति जुटेपछि आज कार्यकारिणी समितिको बैठक बसेको हो । बैठकले परिषद् तथा केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्नेछ ।

पार्टी समायोजन, कार्यविभाजन, कार्यकारिणी समिति विस्तार, पदाधिकारी चयन, कार्यकारिणी अध्यक्षलगायतका विषयमा  अध्यक्ष यादव र परिषद्का अध्यक्ष भट्टराईबीच आन्तरिक विवाद रहेको छ । दुई नेताबीच कुरा नमिल्दा कार्यकारिणी समितिको बैठक प्रभावित हुँदै आएको थियो । यिनै विषयहरु परिषद् र केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप