भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक राजपुर गाविसका कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार सिरहाको साविक राजपुर गाविसका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कर्मचारीले आन्तरिक आयतर्फको आम्दानीको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको आयोगले जनाएको । उनीहरुले आर्थिक वर्ष २०६९/०७० र आव २०७०/०७१ को आन्तरिक आयमा भएको आम्दानीको रकम हिनामिना गरेको आयोगको ठहर छ । साविक राजपुरका तत्कालीन सचिव केशवप्रसाद घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाइको तालिमका लागि लिएको पेश्की, दलित दलान निर्माणको बिलभन्दा बढी भुक्तानी गरेको अध्ययनबाट खुलेको छ । यसैगरी विद्युत् पोल खरिदमा बिलबमोजिमको सामग्री प्राप्त नभई भुक्तानी गरेको, अर्को गाविसको सामाजिक सुरक्षा भत्तासमेत दुरुपयोग गरेको पाइएको छ ।
विवरणअनुसार सामाजिक सुरक्षा भत्ताको आव २०७२/०७३ को दोस्रो किस्ताको रकम बैंकबाट झिकी वितरण नगरेको, कुनै बिल नराखी खरिद आदेश दिएको, दाखिला आदेशसमेत नराखी चेक काटेर शीर्षक नखुलेको स्टेशनरी, कार्यालय सञ्चालन खर्च, विकास निर्माणसमेतका शीर्षकहरुमा २४ लाख ९२ हजार ५१० हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार अन्य सामग्री खरिदमा दुई लाख ६७ हजार २६ र नक्कली बिल पेश गरी दुई लाख ६७ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
यसैगरी साविक राजापुर गाविसका खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण शाहविरुद्ध दुई लाख ६७ हजार २६, कल्याणपुर नगरपालिका सिरहाका अधिकृत (छैठौँ) शिवजी कामतीविरुद्ध दुई लाख ८१ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आयोगले घिमिरे मात्रैले १९ लाख ८४ लाख ८७५, कामतीविरुद्ध दुई लाख ८१ हजार बराबरको हिनामिना गरेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण