आङ्गछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता : पहिलो दिनको खेलमा फुयाँलको अग्रता
गोकर्ण फरेस्ट रिर्साटमा आज (शुक्रबार) देखि शुरू भएको दुईदिने ‘आङ्गछिरिङ शेर्पा दोस्रो स्मृति गल्फ प्रतियोगिता’को पहिलो दिनमा रविन फुयाँलले अग्रता लिएका छन् । उनी १७ ह्याण्डीक्यापमा खेल्दै ४३ अंक बटुलेर अग्रस्थानमा रहेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निष्कर्षबहादुर घले ४१ अंकका साथ दोस्रो स्थानमा छन् ।
बेस्ट ग्रसतर्फ मिथुन राई ३२ ग्रस अंकका साथ अग्रस्थानमा छन् । त्यसैगरी माधव सिंखडा ३० ग्रस अंक जोड्दै ग्रसतर्फ दोस्रो स्थानमा रहेका छन् । लेडिजतर्फ ३४ अंकका साथ गीता गुरुङ अगाडि छिन् भने ३१ अंकसाथ प्रतिभा राई लेडिज रनरअपको दाबेदार भएकी छिन् ।
सिनियर्सतर्फ सहायकरथी दिलीप रायमाझी ३६ अंकसाथ अगाडि छन्‌ सोही विधामा दोस्रो स्थानमा ३५ अंकको साथमा हेमन्त कोलाक्षपति छन् । जुनियर्सतर्फ आइस्टिना टण्डनले १० अंकका साथ अग्रता कायम गरेकी छिन् । आशय ढुङ्गाना लङ्गेस्ट ड्राइभतर्फ अगाडि रहेका छन् । त्यसैगरी तारा कार्की चित्रकार क्लोजेस्ट टु द पिनतर्फ अग्रस्थानमा छन् । पेम्बा शेर्पा मोस्ट बर्डी बिधामा अगाडि रहेका छन् ।
यस गल्फ प्रतियोगिता स्टेबलफोर्ड फरम्याट ३/४ ह्याण्डीक्यापमा खेलाइएको छ । यती एअरलाइन्स र तारा एअरले आयोजना गरेको प्रतियोगिताको शुभारम्भ शुरूवाती शर्ट प्रहार गर्दै यती एअरलाइन्सकी प्रबन्ध निर्देशक तथा स्व. आङ्गछिरिङ शेर्पाकी श्रीमती चन्दा शेर्पाले गरेकी हुन्‌। आजको खेलमा ६६ जना खेलाडी सहभागी थिए भने भोलि ९० जना सहभागी हुने यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण