बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम छ : योगेश भट्टराई

शुक्रबार, २७ फागुन २०७८, २१ : ३२
शुक्रबार, २७ फागुन २०७८

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले वर्तमान गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनमा एमाले एक्लै भएपनि गठबन्धनसँग लड्न सक्षम भएको बताएका हुन् ।

शुक्रबार पार्टीको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा एमाले पहिलो शक्ति केन्द्रका रुपमै अगाडि आउँछ । त्यसका लागि पार्टीका सम्पूर्ण संगठनहरु जिम्मेवारीपूर्वक लाग्न आवश्यक छ ।’

वर्तमान गठबन्धन नै चुनावसम्म जाने–नजाने निश्चित नभएको भन्दै नेता, कार्यकर्तालाई पार्टीका रणनीतिक योजनाहरु अघि सार्न समेत उनले आग्रह गरे ।  भट्टराईले एमाले नै देश र राष्ट्रको हितमा काम गर्ने पार्टी भएकाले जनताले अझै पनि एमालेको नेतृत्वमा सरकार बनाउन चाहेको उल्लेख गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप