गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम छ : योगेश भट्टराई
शुक्रबार, २७ फागुन २०७८, २१ : ३२
नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले वर्तमान गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनमा एमाले एक्लै भएपनि गठबन्धनसँग लड्न सक्षम भएको बताएका हुन् ।
शुक्रबार पार्टीको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा एमाले पहिलो शक्ति केन्द्रका रुपमै अगाडि आउँछ । त्यसका लागि पार्टीका सम्पूर्ण संगठनहरु जिम्मेवारीपूर्वक लाग्न आवश्यक छ ।’
वर्तमान गठबन्धन नै चुनावसम्म जाने–नजाने निश्चित नभएको भन्दै नेता, कार्यकर्तालाई पार्टीका रणनीतिक योजनाहरु अघि सार्न समेत उनले आग्रह गरे । भट्टराईले एमाले नै देश र राष्ट्रको हितमा काम गर्ने पार्टी भएकाले जनताले अझै पनि एमालेको नेतृत्वमा सरकार बनाउन चाहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण