गृहजिल्ला धनुषामा निधिले जोगाए साख, पजियार सभापतिमा विजयी
शनिबार, २८ फागुन २०७८, ०८ : ४७

नेपाली काँग्रेस धनुषामा विमलेन्द्र निधि समूह विजयी भएको छ। गृहजिल्ला धनुषामा निधि आफ्नो समूहका योगेन्द्र पजियारलाई जिताउन सफल भएका हुन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् । यादवलाई शेखर कोइराला समूहका दिनेशप्रसाद प्रसैलाले समर्थन गरेका थिए । शुक्रबार राति मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन् ।
कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका थिए भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो । प्रसैला भने कम मत पाएको अधारमा पहिलो चरणबाटै बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव