गृहजिल्ला धनुषामा निधिले जोगाए साख, पजियार सभापतिमा विजयी
शनिबार, २८ फागुन २०७८, ०८ : ४७
नेपाली काँग्रेस धनुषामा विमलेन्द्र निधि समूह विजयी भएको छ। गृहजिल्ला धनुषामा निधि आफ्नो समूहका योगेन्द्र पजियारलाई जिताउन सफल भएका हुन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् । यादवलाई शेखर कोइराला समूहका दिनेशप्रसाद प्रसैलाले समर्थन गरेका थिए । शुक्रबार राति मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन् ।
कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका थिए भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो । प्रसैला भने कम मत पाएको अधारमा पहिलो चरणबाटै बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण