सिरहामा करेण्ट लागेर एक महिलाको मृत्यु
सोमबार, १२ असार २०७४, १० : २३
सिरहा – सिरहाको धनगढीमाई नगरपालिकामा करेण्ट लागेर एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ९ चैनपुर बस्ने ५६ बर्षीया सहना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खातुनको पानी तान्ने मोटरबाट करेन्ट लागेर ज्यान गएको प्रहरीले बताएको छ । घर नजिकै रहेको सार्वजनिक ईनारमा पानी तान्ने क्रममा विजुलीको तार सर्ट भई खातुनलाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर घाइते भएकी उनलाई उपचारको लागी लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ । मृतकको शव पोष्ठमार्टमको लागि लहानस्थित अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलयका सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण