बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

आइतबार, २९ फागुन २०७८, १० : २९
आइतबार, २९ फागुन २०७८

अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएको हो ।

अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत  हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो । आवेदन अनुसार कम्पनीले एक करोड आठ लाख ६० हजार कित्ता हदप्रद सेयर निष्कासन गर्न लागेको हो ।

धितोपत्र बोर्डको फागुन २६ गतेको निर्णयले अपि पावर कम्पनीलाई १०ः३.९३ को अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो । बोर्डको अनुमतिसँगै कम्पनीले अब तोकेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले छिट्टै हदप्रद सेयर जारी गर्नेछ ।

यसअघि कम्पनीले  गत जेठमा २९.३८ प्रतिशत हदप्रद सेयर जारी गरेको थियो। कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३० लाख रुपैयाँ नाफा कमाइसकेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप