अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने
अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएको हो ।
अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो । आवेदन अनुसार कम्पनीले एक करोड आठ लाख ६० हजार कित्ता हदप्रद सेयर निष्कासन गर्न लागेको हो ।
धितोपत्र बोर्डको फागुन २६ गतेको निर्णयले अपि पावर कम्पनीलाई १०ः३.९३ को अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो । बोर्डको अनुमतिसँगै कम्पनीले अब तोकेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले छिट्टै हदप्रद सेयर जारी गर्नेछ ।
यसअघि कम्पनीले गत जेठमा २९.३८ प्रतिशत हदप्रद सेयर जारी गरेको थियो। कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३० लाख रुपैयाँ नाफा कमाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण