कस्तो छ ग्रेटवाल मोटर्सको विद्युतीय सवारी ‘ओरा गुड क्याट’ ? (भिडियो)
नेपाली बजारमा उपलब्धमध्ये उत्कृष्ट विद्युतीय सवारीको सूचीमा ‘ओरा गुड क्याट’ पनि पर्छ । जसमा उत्कृष्ट विशेषताहरू छन् । यसको एक्सटेरियर (बाहिरी लुक्स) डबल ट्युनको फिनिसिङमा उपलब्ध छ ।
यस्तै, यो सवारीमा अटो फोल्डिङ आरभिएमएस, १८ इन्चको प्रिमियम टायर, १४५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स समेत उपलब्ध छ । र, यसको बुथ क्षमता २२८ लिटरको छ । ओरा गुड क्याटको इन्टेरियर (भित्री लुक्स) समेत प्रिमियम छ । जसमा फुल लेग फिनिसिङ उपलब्ध छ । ओरा गुड क्याटमा यसमा ६ वटा एयर ब्याग समेत उपलब्ध छ । प्यानारोमिक सनरूफ, ३६० डिग्री क्यामेरा र वायरलेस चार्जर यसमा उपलब्ध छ ।
ओरा गुड क्याट सेवाग्राहीको आवश्यकताअनुसार तीन वटा भेरियन्ट उपलब्ध छ । नेपाली बजार माग र आवश्यकताअनुसार यसलाई तीन वटा क्याटोगोरीमा विभाजन गरिएको हो । जसमा प्रोमोडलमा ४०० किलोमिटरको रेञ्ज र अल्ट्रा मोडलमा ५०० किलोमिटरको रेञ्ज उपलब्ध छ ।
ओरा गुड क्याटको बाहिरी भाग जत्तिकै भित्री भाग पनि उत्कृष्ट छ । यसमा २६५० मिलिमिटरको ह्विल बेस उपलब्ध छ । जसले पछाडि बस्ने मानिसलाई पर्याप्त मात्रामा लेग स्पेस उपलब्ध हुन्छ । जसकारण, पछाडि तीन जना मान्छे बस्दा पनि कम्फर्ट फिल हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण