जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका प्रस्तुत (पूर्णपाठसहित)
जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका प्रस्तुत गरिएको छ । पार्टीका कार्यकारिणी समिति सदस्य नवराज सुवेदीले निर्देशिका प्रस्तुत गरेका हुन् । निर्देशिकामा पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्नका लागि पार्टीको सिद्धान्त प्रति प्रतिवद्ध भएको हुनपर्ने, पार्टीमा संगठित र सक्रिय भएको हुनुपर्ने, समाजिक काममा सक्रिय भएको हुनुपर्ने, स्वच्छ छविको हुनुपर्ने, भुगोल बुझेको हुनुपर्ने लगायतका योग्यता प्रस्ताव गरिएको छ ।
उम्मेदवारको चयन स्थानीय तहबाट नै चयन गर्ने, पालिका तहबाट ३ जनाको नाममा छलफल गरी त्यसमध्ये एकजना उम्मेदवार चयन निर्देशिकामा उल्लेख गरिएको छ ।
पालिका तहमा सहमति नभए माथिल्लो निकायमा पठाइने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिका केन्द्रीय कमिटीले पास गरेपछि कार्यान्वयनमा जानेछ ।
यस्तै बैठकमा पार्टीका नेता रकम चेमजोङले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । जसमा आगामी चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम रहने प्रस्ताव गरिएको छ । यस्तै स्थानीय तहको चुनाव मिति घोषणाको स्वागत गरिएको छ । यस्तै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसलाई कार्यान्वन गर्न माग पनि सो प्रस्तावमार्फत गरिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण