नबिल बैंकको ४ नयाँ शाखा एकैसाथ उद्घाटन
नबिल बैंकले काठमाडौं उपत्यकामा आज (आइतवार) एकसाथ ४ नयाँ शाखा उद्‌घाटन गरेको छ । जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखा उद्‌घाटन गरिएको सो बैंकले जानकारी दिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारकेश्‍वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रूपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका-१० शंखमूलका कार्यवाहक वडाध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रूपमा उद्‌घाटन गरेका हुन्‌ ।
यस्तै, शंखमूल शाखा, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रूपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रूपमा गोंगबु जालपा शाखा उद्‌घाटन गरेका हुन्‌ । उद्घाटन कार्यक्रम/समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको बैंकले जनाएको छ ।
आइतबार उद्घाटन भएका ४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय संख्या १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण