नबिल बैंकको ४ नयाँ शाखा एकैसाथ उद्घाटन

नबिल बैंकले काठमाडौं उपत्यकामा आज (आइतवार) एकसाथ ४ नयाँ शाखा उद्‌घाटन गरेको छ । जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखा उद्‌घाटन गरिएको सो बैंकले जानकारी दिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारकेश्‍वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रूपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका-१० शंखमूलका कार्यवाहक वडाध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रूपमा उद्‌घाटन गरेका हुन्‌ ।
यस्तै, शंखमूल शाखा, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रूपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रूपमा गोंगबु जालपा शाखा उद्‌घाटन गरेका हुन्‌ । उद्घाटन कार्यक्रम/समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको बैंकले जनाएको छ ।
आइतबार उद्घाटन भएका ४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय संख्या १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरू आफैँ नसच्चिए प्रतिगमनको खतरा छ : लक्ष्मण पन्त
-
प्ले–अफ चरणमा पुग्न प्रयासरत दिल्ली र बहिर्गमनबाट जोगिन संघर्षरत हैदराबादबिच रोचक भिडन्त
-
विदेशी फिल्मलाई पनि छाडेनन् ट्रम्पले, लगाए ट्यारिफ
-
महासचिव शंकरको प्रस्ताव अध्यक्ष ओलीद्वारा अस्वीकार, अष्टलक्ष्मीसँग सवाल–जवाफ
-
हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो
-
ललितपुरमा मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो, ३ जना घाइते