शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एक घण्टा ढिलागरी बागमती प्रदेशसभा बैठक सुरु

आइतबार, २९ फागुन २०७८, १४ : १६
आइतबार, २९ फागुन २०७८

बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दलहरु बीच कार्यसूचीमा सहमती नजुट्दा निर्धारित समयमा ढिला गरी सुरु भएको हो । विहान ११ बजेदेखि बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकमा कार्यसूचीको विषयमा सहमती नजुट्दा ढिला हुन गएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठक संचालनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि सहमती जनाएपछि प्रदेशसभाको आज बस्ने बैठकको कार्यसूचीमा तय भएको छ । एमालेले यसअघिका बैठकहरूमा अवरोध गर्दै आएको थियो । एमालेले गत पुस ८ गतेदेखि विभिन्न माग राख्दै सदन अवरुद्ध पार्दै आएको थियो आजको बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विषेश समय माग गरेर एमालेले उठाएका विषयमा जवाफ दिने भएपछि एमाले सदन संचालनको लागि तयार भएको हो ।

एमालेले उठाएका विषयमा मुख्यमन्त्री पाण्डेको जवाफ उचित लागेमा मात्र सदन चल्न दिने एमाले स्रोतले बताएको छ । मुख्यमन्त्रीको जवाफ उचित नलागे आजपनि बैठकमा अवरोध गर्ने योजना रहेको एमालेका एक सांसदले बताए ।

बागमती प्रदेशसभामा आज एकैदिन ३ वटा बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा सरकारका तर्फबाट सचिवालयमा दर्ता भएको विभिन्न क्षेत्रका ३ वटा नयाँ विद्येयक पेश हुनेछ भने १ वटा विद्येयक समितिमा छलफलका लागि पठाउने कार्यसूची रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप