साफ फुटबल च्याम्पियनसिप नेपाली टोली भारत प्रस्थान
भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।
डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ । त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँग खेल्ने तय भएको छ । शीर्ष स्थान हासिल गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।
नेपाली टोलीमा प्रिती राई (कप्तान), सावित्री किशन, लीला जोशी, पूजा थापा, सविना चौधरी, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या इस्माली मगर, दिपा शाही र हिमा रावत छन् । त्यसैगरी टोलीका अन्य खेलाडीमा सरस्वती हमाल, सुनकला राई, अञ्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिष्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाइँ र गरिमा राई छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण