सहकारीको ब्याजदर वृद्धि गर्न चाहँदैनौँ : अध्यक्ष कँडेल
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानले ब्याजदर वृद्धि गर्न नचाहेको जिकिर गरेका छन् । आइतबार ललितपुरमा आयोजित महासंघ र सहकारी पत्रकार समाज (सीजेएन) को संयुक्त छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले अभियानले सहकारीको ब्याजदर वृद्धि गरेर सदस्यहरुको ढाँड सेक्न नचाहेको तर परिस्थितिको दबाबका कारण बढाउनु परको बताए ।
‘हामी पनि सहकारीको ब्याजदर बढोस्, बढ्नुपर्छ भन्ने पक्षमा छैनौं । सकेसम्म सदस्यहरुले सुलभ ब्याजदरमा नै ऋण पाउन् र व्यवसाय गरुन् भन्ने हाम्रो चाहना हो । तर, वातावरण नै कठिन बनेपछि सक्ने स्थिति नै नबनेपछि बाध्य भएर ब्याजदर वृद्धि गर्नु परेको हो’ कँडेलले भने ।
तर, अब तत्काल सहकारीको ब्याजदर नबढ्ने उनले बताए । बरु सन्दर्भ ब्याजदर कायम गरेर भन्दा पनि बैंक तथा वित्तीय संस्थाहरुमा जस्तै सहकारीमा पनि आधारदरको व्यवस्था गरेर वैज्ञानिक नीति लिनुपर्ने उनले बताए ।
केही दिन अघि मात्र सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ । फागुन महिनाका लागि बैंकहरुले निक्षेपमा नै अधिकतम ११.०३ प्रतिशत ब्याजदर निर्धारण गरेपछि यसको प्रत्यक्ष दबाब सहकारीमा परेको थियो । यसैको दबाब स्वरुप सिंगो सहकारी अभियानले नै सन्दर्भ ब्याजदर वृद्धिका लागि सहकारी विभाग, मन्त्रालय र मन्त्रीलाई दबाब दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण