प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् । माओवादीका जनवर्गीय संगठनसँग केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युवबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’
शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क/वितर्क,पक्ष/विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए । जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
