निक्षेपको ब्याजदर ६ प्रतिशतमा झार्न माग
मोरङ व्यापार संघले बैंकको निक्षेपको ब्याजदर न्यूनतम ६ प्रतिशतमा झार्न सरकारसँग माग गरेको छ । आइतबार प्रदेश नम्बर १ को राजधानी विराटनगर पुगेका अर्थमन्त्री जनार्दन शर्मालाई भेटि ज्ञापनपत्र बुझाउँदै संघले यस्तो माग गरेको हो । बैंकिङ ब्याजदर, निक्षेपमा नै अधिकतम ११ प्रतिशत पुगिसकेको अवस्थामा थप कर्जाको ब्याजदर बढेर व्यवसायीहरुले कर्जा लिन नसक्ने अवस्थामा पुगेको बताउँदै व्यवसायीहरुले उत्पादनमा जान समस्या परेको बताएका छन् ।
अहिलेको आर्थिक समस्याको हल तत्काल तरलताको सहजीकरण गर्दै बैंकिङ ब्याजदर न्यूनतम ६ प्रतिशतमा झार्न अर्थमन्त्रीसँग व्यवसायीहरुले माग गरेका छन् । सोही अवसरमा संघले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई समेत भेटी राजनीतिक समस्यासँगै मुलुकको पुँजीगत व्यवस्थाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दडासँगै पूर्वअध्यक्षद्वय महेश जाजू र पवन कुमार सारडा, उपाध्यक्ष (उद्योग) बिकास कुमार बेगवानी, का.का.सदस्यहरु दिपेश सुवेदी, अमित सारडा, पवन राठी, देवाशिष गोल्छा, सुशिल सुराना र गोपाल अग्रवाल उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण