मानव तस्करीको अरोपमा भारतीय नागरिक पक्राउ
सोमबार, ३० फागुन २०७८, १४ : २३
सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् ।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौंको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो । सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका– ८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो ।
फिरोज काठमाडौंमा घर बनाउने काममा संलग्न थिए । फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रमा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण