नेपालमा कृषि कर्जा सम्मेलन हुँदै, कृषकको समस्या समाधान गरिने
नेपालमा कृषि कर्जा सम्मेलन २०२२ को आयोजना हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा यही चैत्र ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा कृषि कर्जा सम्मेलन आयोजना हुने भएको हो ।
सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले दक्षिण एशियामा नै पहिलो पटक नेपालमा कृषकहरुलाई कृषि कर्जामा पहुँच विस्तारमा सघाउ पुर्याउनुका साथै कृषि सम्बन्धी ज्ञान प्रदान गर्ने गरी कृषिसंवाद प्रदर्शनी चलाउन लागेको जानकारी दिएको छ ।
‘कृषकहरुसँगको संवादमा अधिकांश कृषकले कृषि कर्जा प्राप्त गर्ने सन्दर्भमा विभिन्न कागजी र प्रक्रियागत झन्झट बेहोर्नु परेको गुनासोहरू प्राप्त गर्ने गरेको छन् । यसबाट कृषि कर्जाको क्षेत्रमा पनि थप संवाद र अन्तरक्रियाको खाँचो रहेको स्पष्ट हुन्छ । यस सन्दर्भमा कृषक र लगानीकर्ता बैंकहरुलाई एकै थलोमा भेला गराइ कृषि कर्जा सम्बन्धमा कृषकहरूमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने र कृषि कर्जाको क्षेत्रमा देखिएका समस्याहरु निराकरणका लागि पहल गर्ने अभिप्रायका साथ एशियामा नै पहिलो पटक नेपालमा कृषि कर्जा मेला आयोजना गर्न लागिएको हो । यस मेलामा कृषिमा वित्तीय पहुँचको राष्ट्रिय संवादका साथै देशभरिबाट कृषि उद्यमीहरुको सहभागितामा कार्यशाला समेत आयोजना गरिने जानकारी गराउन चाहन्छौ,’ आयोजकले बताएको छ ।
यस प्रकृतिको कृषिमा वित्तीय पहुँचसँग सम्बन्धित सबै साझेदारहरू सम्मिलित मेला विश्वभरमा अमेरिकाको सान्फ्रान्सिस्कोमा आयोजना हुनेगरेको समेत आयोजकले बताएको छ ।
विगत एक दशकदेखि कृषि र कृषि उद्यमीलाई सबलीकरण गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्रमा काम गर्दै आएको आर एण्ड डी इनोभेटिभ सेलुसनको आयोजनामा हुन गइरहेको यस मेलाको मुख्य प्रायोजक नबिल बैंक र कृषि बिकास बैंक रहेका छन् । नेपाल बैंकर्स संघको सहकार्यमा हने यस कार्यक्रममा बीमा पार्टनरको रुपमा शिखर इन्स्योरेन्स रहेको छ भने फोन पे डिजिटल पेमेण्ट पार्टनरको रुपमा रहेको छ । प्रायः सम्पूर्ण वाणिज्य बैंकहरू, बिकास बैंकहरु तथा बीमा कम्पनीहरुले यस मेलामा भाग लिने आयोजकले जनाएको छ ।
हाल कृषि क्षेत्रमा वाणिज्य बैंकहरुले कुल कर्जाको न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण