आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सार्वजनिक खरिद नियमावलीलाई कार्यान्वयन गराउँछु : अध्यक्ष सिंह

सोमबार, ३० फागुन २०७८, २० : २९
सोमबार, ३० फागुन २०७८

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली ११ औं  संशोधनलाई कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् । सोमबार नवनिर्वाचित नयाँ कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रमा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।

उनले सरकारले केही दिन अगाडि मात्रै सार्वजनिक खरिद नियमावली ११ औं  संशोधन गरेकाले संशोधन नियमावली कार्यविधि बनाउने काम गर्ने बताए । पछिल्लो समय निर्माण सामाग्रीको मूल्य अत्याधिक बढेकाले मूल्यवृद्धि नियन्त्रण गर्न मूल्यवृद्धि निर्देशिका जारी गर्ने अध्यक्ष सिंहले बताए । त्यस्तै उनले संसदमा पेश भएको सार्वजनिक खरिद ऐन पास भएपछि पूर्वाधार र देश विकास मैत्री बनाउने बताए । अध्यक्ष सिंहले ११ औं अधिवेशन प्रतिवद्धता पुरा गर्न बाँकी रहेकाले आगामी तीन वर्षमा सबै प्रतिवद्धता पुरा गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप