सार्वजनिक खरिद नियमावलीलाई कार्यान्वयन गराउँछु : अध्यक्ष सिंह
नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली ११ औं संशोधनलाई कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् । सोमबार नवनिर्वाचित नयाँ कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रमा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।
उनले सरकारले केही दिन अगाडि मात्रै सार्वजनिक खरिद नियमावली ११ औं संशोधन गरेकाले संशोधन नियमावली कार्यविधि बनाउने काम गर्ने बताए । पछिल्लो समय निर्माण सामाग्रीको मूल्य अत्याधिक बढेकाले मूल्यवृद्धि नियन्त्रण गर्न मूल्यवृद्धि निर्देशिका जारी गर्ने अध्यक्ष सिंहले बताए । त्यस्तै उनले संसदमा पेश भएको सार्वजनिक खरिद ऐन पास भएपछि पूर्वाधार र देश विकास मैत्री बनाउने बताए । अध्यक्ष सिंहले ११ औं अधिवेशन प्रतिवद्धता पुरा गर्न बाँकी रहेकाले आगामी तीन वर्षमा सबै प्रतिवद्धता पुरा गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण