रियललाई १० अंकको अग्रता
मङ्गलबार, ०१ चैत २०७८, ०६ : २७
मार्योकामाथि सहज जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा १० अंकको अग्रता बनाउन सफल भएको छ । सोमबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए । च्याम्पियन्स लिगमा केही दिन अघि पीएसजीविरुद्ध ह्याट्रिक गरेका बेन्जेमाले त्यसपछि आफै दुई गोल थपेका थिए ।
भिनिसियसलाई फल हानेपछि खेलको ७७ औँ मिनेटमा पेनाल्टीबाट बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए । ८२ औँ मिनेटमा मार्सेलोको पासमा उनले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । अब लिगमा १० खेल बाँकी छँदा २८ खेलबाट रियलको ६६ अंक रहेको छ । रियलले आइतबार बर्नाबेउमा एल क्लासिकोमा बार्सिलोनाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण