शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रियललाई १० अंकको अग्रता

मङ्गलबार, ०१ चैत २०७८, ०६ : २७
मङ्गलबार, ०१ चैत २०७८

मार्योकामाथि सहज जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा १० अंकको अग्रता बनाउन सफल भएको छ । सोमबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए । च्याम्पियन्स लिगमा केही दिन अघि पीएसजीविरुद्ध ह्याट्रिक गरेका बेन्जेमाले त्यसपछि आफै दुई गोल थपेका थिए ।

भिनिसियसलाई फल हानेपछि खेलको ७७ औँ मिनेटमा पेनाल्टीबाट बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए । ८२ औँ मिनेटमा मार्सेलोको पासमा उनले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । अब लिगमा १० खेल बाँकी छँदा २८ खेलबाट रियलको ६६ अंक रहेको छ । रियलले आइतबार बर्नाबेउमा एल क्लासिकोमा बार्सिलोनाको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप