आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्छ : महासभा अध्यक्ष

मङ्गलबार, ०१ चैत २०७८, १३ : ३१
मङ्गलबार, ०१ चैत २०७८

संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने धारणा राखेका छन् । महासभाको ७६ औ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् । महिलाको स्थितिसम्बन्धी आयोगको ६६ औँ अधिवेशनको उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताएका  हुन् । ‘लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा संयुक्त राष्ट्रसंघले विश्वभर उत्कृष्ट मापदण्ड लागू गर्न आह्वान गर्दै म व्यक्तिगत रूपमा अर्को महासचिव महिला होस् भन्ने चाहान्छु ।’

‘म व्यक्तिगत रूपमा अर्को महासचिव महिला हुनको लागि आह्वान गर्दै अगाडिबाट नेतृत्व गर्नेछु’ उनले भने । विगत ७६ वर्षमा संयुक्त राष्ट्रसंघका सबै नौ महासचिव पुरुष रहेका छन् । वर्तमान महासचिव एन्टोनियो गुटेर्रेस आफ्नो दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्षमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप