बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा एक हप्तामा बलात्कारका तीन उजुरी

मङ्गलबार, ०१ चैत २०७८, २१ : ०२
मङ्गलबार, ०१ चैत २०७८

गुल्मी जिल्लामा  फागुन  महिनाको  एक  हप्तामा बाल यौन दुराचारसहित  तीनवटा  बलात्कार उजुरी दर्ता  भएका  छन्  । गत फागुन  १०, ११  र  १८  गते  बलात्कारजन्य  तीनवटा  उजुरी जिल्ला  प्रहरी  कार्यालयमा  दर्ता  भएको जिल्ला  प्रहरी  प्रवक्ता डिएसपी माधवराज  खरेलले  जानकारी दिए  ।

उनका अनुसार  फागुन  १०  गते  किशोरीमाथि  बलात्कार आरोपी युवा  फरार  रहेकोले  प्रहरीले  उनको  नाम  गोप्य  राखेको  छ । फागुन  ११  गते  मानव  बेचबिखन  तथा  बलात्कार  मुद्दा  र  फागुन  १८  गते  दर्ता  भएको  बलात्कार मुद्दाका  दुवै आरोपी पुरुष  पक्राउ गरी  अनुसन्धान भइरहेको  डिएसपी खरेलले  बताए  ।

 छत्रकोट  गाउँपालिका–१ पल्लिकोटका  २३ वर्षीय  राजकुमार  नेपालीले  स्थानीय  १६  वर्षीया  किशोरीलाई   विवाहको  प्रलोभन  देखाइ  भारतको  दिल्लीमा  पुर्याएका  थिए  । भारतबाट  परिवारले किशोरीलाई फर्काइ  प्रहरीमा  उनीविरुद्ध मानव  बेचबिखन तथा  बलात्कार मुद्दा  दर्ता  गरेका  हुन्  ।

डिएसपी  खरेलकाअनुसार  फागुन  १८  गते  दिउँसो  गुल्मी दरबार  गाउँपालिका ६  का  ३८  वर्षीय  खिमबहादुर  विकले  १३  वर्षीया  बालिकालाई यौन  दुराचार  गरेका  थिए  । साउन १  गते देखि  हाल सम्म  ११  वटा  बलात्कारका उजुरी  दर्ता  भएका  छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप