गुल्मीमा एक हप्तामा बलात्कारका तीन उजुरी
गुल्मी जिल्लामा फागुन महिनाको एक हप्तामा बाल यौन दुराचारसहित तीनवटा बलात्कार उजुरी दर्ता भएका छन् । गत फागुन १०, ११ र १८ गते बलात्कारजन्य तीनवटा उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
उनका अनुसार फागुन १० गते किशोरीमाथि बलात्कार आरोपी युवा फरार रहेकोले प्रहरीले उनको नाम गोप्य राखेको छ । फागुन ११ गते मानव बेचबिखन तथा बलात्कार मुद्दा र फागुन १८ गते दर्ता भएको बलात्कार मुद्दाका दुवै आरोपी पुरुष पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।
छत्रकोट गाउँपालिका–१ पल्लिकोटका २३ वर्षीय राजकुमार नेपालीले स्थानीय १६ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाइ भारतको दिल्लीमा पुर्याएका थिए । भारतबाट परिवारले किशोरीलाई फर्काइ प्रहरीमा उनीविरुद्ध मानव बेचबिखन तथा बलात्कार मुद्दा दर्ता गरेका हुन् ।
डिएसपी खरेलकाअनुसार फागुन १८ गते दिउँसो गुल्मी दरबार गाउँपालिका ६ का ३८ वर्षीय खिमबहादुर विकले १३ वर्षीया बालिकालाई यौन दुराचार गरेका थिए । साउन १ गते देखि हाल सम्म ११ वटा बलात्कारका उजुरी दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण