युद्धमा १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको दावी
रूसी सशस्त्र फौजले युक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३ हजार ५ सयभन्दा बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको विदेश मन्त्रालयले मंगलबार जानकारी गराएको छ ।
रूसले यस सम्बन्धमा युक्रेनी भनाइको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको तर युक्रेनले भनेजति सङ्ख्यामा युक्रेनमा रूसी सुरक्षाकर्मीको मृत्यु नभएको बताएको छ ।
युक्रेनी परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार युद्धका क्रममा विभिन्न प्रकारका एक हजार २७९ रूसी हातहतियार, लडाकू विमान, ९५ हेलिकोप्टर, १५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनहरूलगायतका बन्दोबस्तीका समान ध्वस्त भएका छन् ।
मस्कोले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै आएका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको रूपमा मान्यता दिएको तीन दिनपछि सैन्य कारबाही थालेको मंगलबार २० दिन पुगेको छ ।
यसैबीच युक्रेनी राजधानी कीभमा रूसी सेना प्रवेश गरेपछि युद्धमा सर्बसाधारणको मृत्यु नहोस भनी शहरी क्षेत्रमा लगाइएको निषेधाज्ञा आदेशलाई मार्च १७ ९चैत्र ३० गतेसम्मका लागि थप गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण