बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेत प्रशासन : होलीमा इच्छा विपरित रंग दले कारवाही

बुधबार, ०२ चैत २०७८, १४ : २९
बुधबार, ०२ चैत २०७८

सुर्खेत प्रशासनले होल पर्वमा कसैको इच्छा विपरीत रंग दलेको खण्डमा कारवाही गरिने बताएको छ । बुधबार एक सूचना जारी गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले इच्छा विपरीत रंग नदल्न अनुरोध गरेका हुन् ।

प्रशासनले भनेको छ,‘ रंगको माध्यमबाट एकअर्कामा खुसी साटासाट गर्ने फागु पर्व (होली) निकट आइसकेको सन्दर्भमा उक्त पर्व मनाउने क्रममा इच्छा विपरीत रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर फोहोर पानी/रासायनिक पदार्थ छ्याप्ने, धार्मिक तथा साँस्कृतिक मूल्य/मान्यतामाथि आँच पुर्याउने जस्ता अराजक कार्यहरू नगर्न/नगराउन हुन अनुरोध छ ।’

साथै प्रमुख जिल्ला अधिकारी रिजालले कानून विपरीत कार्यहरू गरेका वा गराइएको पाइएमा कानून बमोजिम कारबाही गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप