सुर्खेत प्रशासन : होलीमा इच्छा विपरित रंग दले कारवाही
बुधबार, ०२ चैत २०७८, १४ : २९
सुर्खेत प्रशासनले होल पर्वमा कसैको इच्छा विपरीत रंग दलेको खण्डमा कारवाही गरिने बताएको छ । बुधबार एक सूचना जारी गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले इच्छा विपरीत रंग नदल्न अनुरोध गरेका हुन् ।
प्रशासनले भनेको छ,‘ रंगको माध्यमबाट एकअर्कामा खुसी साटासाट गर्ने फागु पर्व (होली) निकट आइसकेको सन्दर्भमा उक्त पर्व मनाउने क्रममा इच्छा विपरीत रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर फोहोर पानी/रासायनिक पदार्थ छ्याप्ने, धार्मिक तथा साँस्कृतिक मूल्य/मान्यतामाथि आँच पुर्याउने जस्ता अराजक कार्यहरू नगर्न/नगराउन हुन अनुरोध छ ।’
साथै प्रमुख जिल्ला अधिकारी रिजालले कानून विपरीत कार्यहरू गरेका वा गराइएको पाइएमा कानून बमोजिम कारबाही गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण