आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

होलीको अवसरमा सांगीतिक कार्यक्रम, बालेनसहितका कलाकारहरुले प्रस्तुति दिने

बुधबार, ०२ चैत २०७८, २० : ०३
बुधबार, ०२ चैत २०७८

होलीको अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा सांगीतिक कार्यक्रम हुने भएको छ । क्रममा चर्चित कलाकारहरुले प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा काठमाडौं महागनरपालिकाबाट आगामी स्थानीय निर्वाचनमा मेयरको स्वतन्त्र उम्मेदवार घोषणा गरेका "बालेन शाह"ले समेत प्रस्तुति दिन लागेको आयोजकले जनाएको छ ।

एएमए इभेन्टस्का डाइरेक्टर सञ्जय लामाका अनुसार शाहसहित चर्चित र्यापर भिटेन, मिस्टर डी, सरकार र माइलालगायतले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । प्रत्येक वर्ष ए एम ए इभेन्टस्ले विभिन्न कार्यक्रमहरु गर्दै आएपनि कोरोनाका कारण विगत २ वर्षदेखि रोकिएको लामाले बताए । उक्त इभेन्टस्ले विभिन्न ठाउँहरुमा कार्यक्रमहरु गर्दै आइरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप