आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरका सहकारीलाई तोरी मिलदेखि कम्प्युटरसम्म अनुदान

बुधबार, ०२ चैत २०७८, २१ : १६
बुधबार, ०२ चैत २०७८

भरतपुर महानगरपालिकाले रोजगारी सृजना गर्न सहकारी संघ संस्थाहरुलाई अनुदान स्वरुप विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीहरूलाई समाग्री हस्तान्तरण गरेका हुन् । 

महानगर भित्रका ७ वटा सहकारीहरूलाई अनुदान स्वरुप १७ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको हो । महानगरले समाज उत्थान कृषि सहकारी संस्था, सर्वोद्धय बहुउद्देश्यीय सहकारी संस्थालाई ५/५ लाख बराबरको तोरी मिल प्रदान गरेको छ । यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाखको सामाग्री, नव सुन्दर बहुउद्देश्यीय सहकारी संस्थालाई एक लाख ५० हजारको कम्प्युटर ईन्भटर र प्रिन्टर , चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई एक लाख रुपैंयाको कम्प्युटर र प्रिन्टर प्रदान गरिएको छ ।  यस्तै उज्जवल बहुउद्देश्यीय सहकारी संस्थालाई एक लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी, आत्म निर्भर सामाजिक उद्यमी महिला सहकारी संस्थालाई एक लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरेको भरतपुर महानगर सहकारी शाखाकी बिष्णु आचार्य घिमिरेले बताइन् । 

महानगर देशकै सहकारीको जननी भएकाले राम्रो काम गरेका सहकारीहरूको स्तर विकासका लागी सहयोग प्रदान गरेको महानगर प्रमुख दाहालको भनाइ छ । सहकारीले समाजमा भएको गरिबलाई घटाउन योगदान दिएकाले आफूहरुले पनि सहकारीको विकासमा ध्यान दिएको उपप्रमुख शाहले बताइन । 

२० महिलालाई खसि  
महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले  २० जना महिलाहरुलाई बोका, बाख्रा कुखुरा र तरकारी खेतीका लागी नगद हस्तान्तरण गरेको छ । बाख्रा र बोका पाल्नेलाई बाख्रा र बोका हस्तान्तरण गरिएको छ  भने कुखुरा पालन र तरकारी खेती गर्नेहरुलाई बिउ किन्न प्रति व्यक्ति नगद १० हजार प्रदान गरिएको महिला विकास निरिक्षक अप्सरा घिमिरेले बताइन् । 

तीनदिने सिप विकास तालिम दिएर उनीहरुको मागअनुसार बिउ    दिइएको महानगर प्रमुख दाहालले बताइन् । उक्त कार्यक्रम अन्तर्गत महानगरका २०० महिलालाई बिउ हस्तान्तरण गरिने दाहालको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप