कीर्तिपुरको थिएटर मलमा नियमित ‘शिरीषको फूल’
कीर्तिपुरस्थित थिएटर मलको नाटक घरमा अहिले ‘शिरीषको फूल’ मञ्चन भइरहेकोछ । साहित्यकार पारिजातको सुप्रसिद्ध उपन्यासमा आधारित नाटकको परिकल्पना केदार श्रेष्ठ तथा निर्देशन अञ्जान प्रदीपको रहेको हाे ।
गत २७ फागुनबाट सुरु भएको नाटक १२ चैत्रसम्म नियमित मञ्चन हुनेछ । ‘चौथो आयाम’ समूहले नाटकीकरण गरेको नाटकमा समृद्धि नेपाल, संजय विश्वकर्मा, हाङ ओ राई, सविना गोपाली लगायत कलाकारको अभिनय देख्न सकिन्छ । ४५ वर्षसम्म अविवाहित सुयोगवीरको महिलाप्रतिको दृष्टिकोण र २४ वर्षे सकमबरीको आत्मसम्मान, स्वच्छन्दताका साथै स्वतन्त्रताको दर्शनबीचको अन्तद्र्धाेन्दको कथा नाटकको मुख्य विषयवस्तु हो । नाटक हरेक दिन दिउँसो ४ः ३० र शनिबार २ बजेपनि मञ्चन हुनेछ ।
शिरीषको फूल साहित्यकार पारिजातद्वारा रचना गरिएको चर्चित उपन्यास हो । यो उपन्यास २०२२ सालमा प्रकाशन भएको थियो । वि.सं २०२२ सालको मदन पुरस्कार प्राप्त गरेपछि पुस्तक संसारले २०२४ सालमा र साझा प्रकाशनले २०३८ सालमा पुनः प्रकाशित गरेको थियो । शिरीषको फूल अंग्रेजी ‘द ब्लु मिमोसा’का रुपमा अनुवाद भएर अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण