एकीकृत समाजवादीले सातै प्रदेशमा अनुगमन टोली खटाउने
बिहीबार, ०३ चैत २०७८, १५ : ५०
नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो ।
जसमा प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अनुगमन टोलीले सवै स्थानीय तहको रिपोटिङ, पार्टी संगठनको वास्तविक परिस्थिति र आवस्यक सुचना संकलन गर्नेछ । त्यस्तै बैठकले ‘जनतामा जाउ, एकीकृत समाजवादीलाई जिताऔँ’, भन्ने नारा समेत तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण