नेता श्रेष्ठले भने - एमसीसीबारे निर्वाचनपछि मात्रै बोल्छु
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे स्थानीय तहको निर्वाचनपछि बोल्ने बताएका छन् । बिहीबार बुटवलमा लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैशाख ३० को निर्वाचनपछि बोल्ने मात्र नभई बहसकै विषय बनाउने बताएका हुन् ।
नेता श्रेष्ठले पार्टीले निर्वाचनपछि मात्रै एमसीसीको विषय उठाउने भने पछि अहिले आफू यस विषयमा नबोले पनि विमति चाहि रहेको बताए । उनले गुटबन्दी र व्यक्तिवादी राजनीतिले क्रान्तिकारी पार्टी बन्न नसक्ने भन्दै तलदेखि माथिसम्म माओवादी एक ढिक्का हुनु पर्नेमा जोड दिए ।
यस्तै उनले पार्टीमा वैचारिक र सांस्कृतिक विचलन आएको भन्दै यसलाई अभियान नै छेडेर क्रान्तिकारी गतिमा ल्याउनु पर्ने बताए । उनले एमसीसीका कारण पार्टी नेतृत्व विभाजित छ भन्ने बाहिरी हल्लाका पछाडी नलाग्न पनि कार्यकर्तालाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण