नेपालगञ्जमा बल्न छाडे सौर्य बत्ती
बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्य बत्ती बल्न छोडेका छन् । सौर्य बत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश बत्तीहरू बल्न छाडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छाडेपछि सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् ।
६ महिनादेखि राम्ररी बलेको छैन । तर, बत्तीको मर्मतसम्भार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय नागरिकहरुले बताउने गरेका छन् । बत्ती मर्मतको लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गरे पनि बत्ती मर्मत भएका छैनन् ।
उपमहानगरपालिका भित्र दुई सय ५० ओटा सौर्य बत्ती जडान भएका छन् । बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या हुनका साथै सडक दुर्घटनासमेत हुने गरेको बताइएको छ । तर उपमहानगरपालिकाका जनप्रतिनिधिले भने खासै चासो नदेखाएको स्थानीय ललितकुमार रौनियारले बताए ।
तर उप–महानगरपालिकाकी उपमेयर उमा थापा मगरले सडक बत्ती मर्मत भइरहेको बताइन् । उनले उप–महानगरपालिका भित्र सडक बत्ती मर्मतका लागि २० लाख बजेट विनियोजन गरेको बताइन् । उपमहानगरपालिकाको समन्वयमा संसद कोषबाट नेपालगञ्जमा सौर्य बत्ती जडान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा, भट्टराईले गरे स्वागत
-
‘दोस्रो पटक सरकारमा जानु भुल थियो, तर नियत गलत थिएन’
-
रुपन्देहीबाट हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
-
‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’
-
मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु
-
दिल्लीले म्याक्गर्कको स्थानमा मुस्ताफिजुरलाई भित्र्यायो, तर बीसीबीले भन्यो - एनओसी दिइएको छैन