फिल्ममा डेब्यु गर्दै स्मृति
नेपाली चलचित्र क्षेत्र जतिजति विस्तार र व्यापक हुँदैछ । यो क्षेत्रमा भविष्य खोज्ने युवायुवतीको भीड पनि बाक्लिँदो छ । यस्तैमा स्मृति ओलीको रोजाइ पनि फिल्म अभिनय परेको छ ।
सानैदेखि कला क्षेत्रप्रति लगाव राख्ने झापाकी ओली ‘को बन्छ कलाकार ?’ प्रतियोगिताको ‘बालकलाकार’ तर्फकी विजेता हुन् । प्रतियोगितामा उनी कक्षा ५ मै अध्ययन गर्दा भाग लिएकी थिइन् । फिल्म ‘सो सिम्पल’मा बाल कलाकारको रुपमा समेत अभिनय गरेकी उनी अहिले ‘मिस टिन’की विजेता समेत भएकी छन् ।
पछिल्लो समय म्युजिक भिडियो मोडलिङमा रमाइरहेकी उनी फिल्म अभिनयमा समेत डेब्यु गर्दैछिन् । जसका लागि उनले अभिनय, नृत्य, एक्सन विधामा आफूलाई निपूर्ण समेत बनाएकी छन् ।
बलिउडमा चर्चित कलाकार अनुपम खेरको मुम्बई स्थित एक्टर प्रिपेरमा अभिनय अध्ययन समेत गरेकी ओलीले त्यही विभिन्न ट्रेनरसँग ट्रेनिङ समेत लिएकी छन् । हाल इन्जिनियरिङ अध्ययन गरिरहेकी उनी सानैदेखिको सपना फिल्म कलाकार बन्ने रहेको बताउँछिन् ।
अहिले केही फिल्मका अफर पनि छन् उनका हातमा । डेब्यु फिल्म राम्रो ब्यानर र कलाकारसँग गर्ने इच्छाले कुन अभिनय गर्ने छनौट गर्दैछिन् ।‘फिल्म अभिनय अफर केही पहिलेदेखि नै आएको हो । अव भने डेब्यु गर्ने सोचमा छु,’ उनले भनिन्, ‘राम्रा केही फिल्म हात परेका छन् । तीमध्य एक रोज्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण