पल्पसालाई कल्याणकारी कोषबाट दुई लाख सहयोग
हास्य कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको सफल शल्यक्रियापछि अहिले स्वास्थ्य लाभ गरिरहेकी छन् । उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शल्यक्रिया भएको थियो । नातामा भाइ पर्ने अज्जु डंगोलले उनलाई एउटा मृगौला प्रदान गरेका थिए ।
अहिले अस्पतालमा स्वास्थ्य लाभ गरिरहेकी डंगोललाई नेपाल चलचित्र कलाकार संघको सिफारिसमा कलाकार चलचित्र विकास बोर्ड अन्तर्गतको कलाकार कल्याणकारी कोषबाट नगद दुई लाख रुपैयाँ सहयोग गरेको छ । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काकाअनुसार कलाकार डंगोललाई अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरिएको हो । कला यात्रामा पल्पसाको लामो समयको महत्वपूर्ण योगदानको कदर गर्दै उक्त रकम उपलब्ध गराइएको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।
रकम प्रदान गर्न कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसाल, संघका अध्यक्ष रविन्द्र खड्कासहित कलाकर्मीहरुको एउटा समूह अस्पताल पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण