हेटौंडा–८ का वडा अध्यक्षको कार्यकक्षमा ताला
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडा अध्यक्ष श्रेष्ठले सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै शुक्रबार दिउँसो उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् भने वडा अध्यक्ष श्रेष्ठको कुर्सी सडकमा ल्याएर विरोध प्रदर्शन गरेका छन् ।
सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने र जनप्रतिनिधि भएर पार्टीको काममा बढी समय बिताउने गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् । वडा अध्यक्ष श्रेष्ठ जनताको काम गर्न छोडेर दिनभर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने भन्दै जनतामा दवाव दिने जस्ता गतिविधि देखिएपछि बाध्य भएर विरोधमा उत्रनुपरेको नेपाली काँग्रेस हेटौंडा–८ का सभापति भुपेन्द्र कोइरालाले जानकारी दिए ।
वडा अध्यक्ष श्रेष्ठले यसअघि पनि यस्ता गतिविधि गर्ने गरेको गुनासो आएपछि स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा बैठक बसेर पदीय मर्यादा कायम राखेर काम गर्न र पक्षपात नगर्न सुझाव दिइएको सभापति कोइरालाले बताए ।
वडा अध्यक्ष श्रेष्ठले उक्त सुझावको बेवास्ता गर्दै सोही गतिविधि दोहोर्याएपछि विरोध गरेको उनको भनाई छ । उनीहरुले वडाध्यक्ष श्रेष्ठ चुनाव केन्द्रित भोट संकलन र कमाउ अभियानमा लागेको आरोप लगाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेता कार्याकर्ताहरुले श्रेष्ठले व्यवहार सुधार नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्थानीय युवाले अध्यक्षविरुद्ध आन्दोलन गरेसँगै एमाले निकट करिव २० जना कार्यकर्ताहरु प्रतिवादमा उभिएका थिए । वडा अध्यक्ष एमालेबाट निर्वाचित हुन् । लामो समयदेखि उनले सेवा प्रवाहमा पार्टीकरण गरेको आरोप लगाएका छन् ।
पछिल्लो समय स्थानीय निकायको निर्वाचन नजिकिएसँगै श्रेष्ठ अध्यक्षमा पुनः दोहोर्याउन दाउमा छन् । उनी अहिले आफू निकटका कार्यकर्ताको निर्देशनअनुसार चलिरहेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण